Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामुहिक बलात्कार आरोपितमध्ये एक पक्राउ


    बिहिबार, कार्तिक २० २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सामूहिक बलात्कारको घटनाका आरोपितमध्ये महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई प्रहरीले आज पक्राउ गरेको छ ।
     
    राजविराजबाट विजुलीबत्तीको बिल तिरेर घर फर्किने क्रममा सामूहिक बलात्कार भएको भन्दै २६ वर्षीया पीडितले मण्डलसहित सोही ठाउँका तीन जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।  पीडितले दिएको उजुरीका आधारमा आरोपित मण्डललाई पक्राउ गरी अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

    आरोपितहरुले करकापमा पारी आँप बगैचामा गत आइतबार सामूहिक बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि पीडितको सोमबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार