Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान


    बिहिबार, कार्तिक २० २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी छिन् ।

    राष्ट्रपति निवास शीतल बिहीबार निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।

    सोही अवसरमा सेनाध्यक्ष नरवणेलाई उपहारको रुपमा तरवार पनि प्रदान गरिएकाे छ। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार