Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


    बिहिबार, कार्तिक २० २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पर्सा वीरगञ्ज महानगरपालिका–६ माईस्थान बस्ने ५८ वर्षीय सत्यनाराणप्रसाद रौनियारलाई काठमाडौँ रातोपुलबाट प्रहरीले पक्राउ गरेको छ । 

    बैंकिङ कसूरअन्तर्गत छुट्टाछुट्टै दुई मुद्दामा उच्च अदालत पाटनको विसं २०७५ चैत १० र विसं २०७६ फागुन २७ को फैसलाले ४५ दिन कैद र रु ७० लाख जरिवाना ठहर भई उनी फरार भएका थिए ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकीछिपी बसिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी फैसला कार्यानवयनका लागि आज जिल्ला अदालत पर्सामा पठाइएको जनाइएको छ ।

    खातामा रकम नभएको जानीजानी उनले रु ७० लाखको चेक काटी बैङ्किङ कसूरजन्य अपराध गरेको अनुसन्धानबाट खुल्न आएको सिआइवीले आज एक सूचना जारी गरी जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार