Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चले दियाे स्वास्थ्यमन्त्रीलाई यस्ताे आदेश


    बिहिबार, कार्तिक २० २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग अदालतको अवहेलनाको आरोपमा लिखित जवाफ मागेको छ ।

    सर्वोच्च अदालतले सबै नागरिकको कोरोनाको परीक्षण गर्न र संक्रमितको उपचार निःशुल्क गर्न गत असोज १५ गते सरकारका नाममा आदेश जारी गरेको थियो ।

    सरकारले भने ज्येष्ठ नागरिक, अशक्त, विपन्न, अपाङ्गता भएका लगायत लक्षित वर्ग तोकेर उनीहरूबाहेक अन्यसँग शुल्क लिने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्री ढकालसँग अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ मागेकाे हाे ।

    सरकारको निर्णयविरुद्ध अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीले दर्ता गराएको अवेहलना मुद्दामा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ? नगर्ने भए एक साताभित्र लिखित जवाफ दिनू’ भन्ने आदेश गरेको हो ।

    आदेशमा स्वास्थ्यमन्त्री ढकाललाई आफू स्वयं वा आफ्नो कानुन व्यवसायीमार्फत लिखित जवाफ दिन भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार