Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५२ पुग्याे


    बिहिबार, कार्तिक २० २०७७
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो। 

    गत २४ घण्टामा ३ हजार ५१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ५ सय १४ सक्रिय संक्रमित छन्। 

    गत २४ घण्टामा १३ हजार ६८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षणको संख्या १५ लाख ७ हजार १ सय ९० पुगेको छ। हाल १ हजार २ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार