Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलि समाजवादी मोर्चाको बैठक बस्दै


    शनिबार, फाल्गुन ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लामो समयदेखि निष्क्रिय रहेको समाजवादी मोर्चाको बैठक भोलि बस्ने भएको छ ।

    उक्त बैठक आइतबार बिहान ८ बजे बस्ने भएको नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

    मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्मिलित छन् ।

    भोलिको बैठकमा मोर्चाको आगामी कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । त्यस्तै मोर्चाको नेतृत्व अहिले नेकपा एसका अध्यक्ष माधव नेपालले गरिरहेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार