Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बसले प्रहरी भ्यानलाई ठक्कर दिँदा डिएसपीसहित ५ जना घाइते


    शनिबार, फाल्गुन ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रहरीको भ्यानलाई बसले ठक्कर दिँदा काठमाडौं जिल्ला परिसरका डिएसपी पवन भट्टराईसहित पाँचजना घाइते भएका छन्।

    आज बिहान साढे ११ बजे बसले बा २ झ १२६ नम्बरको डिएसपी भट्टराईले प्रयोग गर्ने प्रहरी भ्यानलाई ठक्कर दिएको थियो।

    बबरमहलमा भएको दुर्घटनामा घाइते प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

    बसका चालक भने प्रहरी नियन्त्रणमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार