Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री महतको टिप्पणी- लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास भयो, सरकार चुप बस्दैन


    शनिबार, फाल्गुन ५ २०८०
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले अहिले केहि प्रवृत्तिहरूले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने बताएका छन् ।

    आज चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले सो चेतावनी दिएका हुन् ।

    महतले भने, ‘लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने हामी सबैको चासोको विषय हो । तर केही प्रवृत्तिहरू लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो । यसको प्रतिवाद गर्न सबै तयार हुनुपर्छ । ’

    यस्तै उनले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार