Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंबाट तीर्थयात्री बोकेर गएको बस धादिङमा दुर्घटना, ३० जना घाइते


    शनिबार, फाल्गुन ५ २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धादिङ । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु बेनीघाट सडकखण्डमा दुर्घटनामा परेको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ क नम्बरको ट्रकसँग ठक्कर खाँदा दुर्घटना भएको हो ।

    उक्त दुर्घटनामा ३० यात्रु घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँतर्फ पठाइएको छ । घाइतेको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार