Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै


    शनिबार, फाल्गुन ५ २०८०
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज(शनिबार) काठमाडौँमा बस्ने भएको छ।

    उक्त बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको समीक्षा, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    उनका अनुसार पार्टी अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशा बारे धारणा राख्नेछन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार