Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्वास्थ्य शिक्षाकोे बजेटमा सुनिल शर्माको ब्रम्हलुट, अन्तरक्रिया र सन्देशमा ४० प्रतिशत कमिसन


    शनिबार, फाल्गुन ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले आर्थिक मन्दीको कारण देखाउँदै अत्यावश्यक बाहेकका कार्यक्रम कटौतीको घोषणा गरेको छ । गत बर्ष र यसबर्ष कार्यालय शीर्षकमा बिनियोजित बजेटमा विगतमा हुने गरेका परामर्श, गोष्ठी, सेमिनार जस्ता कार्यक्रमहरु कटौतीमा परेका थिए । अर्थमन्त्रालयले सबै मन्त्रालयहरुलाई आफ्ना मातहतका कार्यालयहरुलाई फजूल खर्च नगरी मितब्ययिता पटक पटक सर्कुलर भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठकमा नियमित रुपमा बाहिरबाट उपलब्ध गराउँदैआएको खाजा कटौती गरेका छन् । पानी किन्नका लागि मन्त्रालय र कार्यालयलाई बजेट छैन । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक र कर्मचारीहरुलाई प्रधानमन्त्री र अर्थमन्त्रालयको निर्देशन र बजेट कटौतीले फजुल खर्च गर्न कुनै बाधा नपुर्याएको तथ्य फेलापरेको छ ।

    सूचनाको हक प्रयोग गरी माग गरिएको बिवरण अनुसार केन्द्रको अधिकांश बजेट परामर्श, गोष्ठी र सेमिनारमै सकिएको छ । केन्द्रका निर्देशक सुनिल शर्माले सरकारी बजेट उल्फाको धन फूपुको श्राद्ध जस्तै दुरुपयोग गरेका छन् । शुक्रबार हेटौंडाको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सरुवा भएका सुनिल शर्माले केन्द्रमा आधा दशकदेखि हालीमुहाली गर्दैआएका थिए । गत आर्थिक बर्षमा मात्रै केन्द्रबाट अन्तरक्रिया र गोष्ठी जस्ता अनुत्पादक कार्यक्रममा करिब ६० लाख खर्च गरिएको छ । यस्ता कार्यक्रमको बजेट खर्च गरी शर्माले त्यसबाट ४० प्रतिशत कमिसन लिने गरेको आरोप लाग्दैआएको छ ।

    प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयको निर्देशन बिपरीत शर्माले अनावश्यक कार्यक्रमको शीर्षकमा करोडौं खर्च गरेका छन् । झारा टार्ने हिसाबले गरिएका यस्ता कार्यक्रमले स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउनभन्दा पनि शर्मालाई आर्थिक लाभ भने निकै भएको देखिन्छ ।

    केन्द्रबाटै प्राप्त विवरण अनुसार परिवार नियोजन, सुरक्षित मातृत्व शीर्षकमा इलाम, झापालगायतका जिल्लामा कार्यक्रम गरेको भनी ८ लाख ४२ हजार भुक्तानी गरिएको छ । यी प्रतिनिधि उदाहरण हुन्, स्वास्थ्य सचेतनाका नाममा केन्द्रले डिजिटल इलेक्ट्रोनिक बोर्डबाट सन्देश प्रशारण, टेलिभिजन सन्देश, रेडियो सन्देशका नाममा पनि उत्तिकै अनियमितता भएको छ ।

    केन्द्रका निर्देशक शर्माले स्वास्थ्य जागरणका लागि छ्ुटयाइएको अधिकांश बजेट परामर्श, गोष्ठी, अन्तरक्रिया, सेमिनार, सन्देश, जिंगल जस्ता अनुत्पादक र प्रभावहीन कार्यक्रममा खर्च गरेका छन् ।
    त्यस्तै, पेशागत वातावरण तथा वायु प्रदूषण जलवायु परिवर्तन सम्बन्धी औद्योगिक मजदुरहरुका लागि औद्योगिक क्षेत्रहरुमा कार्यक्रम गरेको भन्ने शीर्षकमा ७ लाख ४६ हजार खर्च गरिएको छ ।

    वातावरण प्रदूषण र जलवायु सम्बन्धी कार्यक्रम केन्द्रको कार्यक्षेत्रभित्र नभई वातावरण विभागको हो । तर स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनका लागि स्थापित केन्द्रले आफूसँग सरोकार नभएको कार्यक्रम जबर्जस्ती स्वास्थ्य मन्त्रालयको कार्यक्रममा राख्न लगाएर झारा टार्ने कार्यक्रम कागजमा गरेको देखाएर कमिसन खाएको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार