Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टीकापुरबाट लागुऔषधसहित २ जना पक्राउ


    शुक्रबार, फाल्गुन ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीको टीकापुर नगरपालिकाबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ झुंगाका ३२ वर्षीय राजकुमार चौधरी र सोहि पालिकाको–१ नम्बर वडा दुर्गानगरका २० वर्षीय सागर चौधरी रहेका छन्।

    उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट सादापोशाकमा गएको प्रहरी टोलीले शुद्ध तौल १ ग्राम ५९० मिलिग्रा लागुऔषध (खैरो हेरोईन) सहित पक्राउ गरेको हो। जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार