काठमाडाैं । देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सिरहाकाे मिर्चैया नगरपालिका-६ एकता टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब १५ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय सत्रुधन ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकाे मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले दमक नगरपालिका-५ बस्ने २४ वर्षीय सागर खड्कालाई १ ग्रामसहित र मोरङ उर्लाबारी-७ बस्ने २९ वर्षीय सन्तोष तिमल्सिना समेत २ जनालाई करिब ५ ग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकै बिर्तामोड नगरपालिका-५ कृषिथोक बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम र नगद ४३ हजार ९ सय ४० रूपैयाँसहित भारत घर भएकी ३० वर्षीया शोभा दासलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनरमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै गोदावरी नगरपालिका-८ स्याउलेस्थित सडकबाट अवैध लगूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय दान बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलाय मालाखेती र अस्थायी प्रहरी पोष्ट श्रीपुरको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै टीकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय सागर चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा ३ किलोसहित धादिङ निलकण्ठ नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले ग.२ ख १०५१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend