काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको स्पष्ट पारेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले संसद्ले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती गर्न नसक्ने हुँदा बजेटको कटौती नभएको बताए।
‘बजेट नै कटौती भयो, राजस्व भट्यो भन्ने कुरा गलत हो। बजेट कटौती गरेको हैन, जति सम्भव हुन्छ बढी खर्च गर्न हामी कोसिस गर्छौं। संसद्ले पारित गरेको विषय हामीले कटौती गर्न सक्दैनौं। तर खर्च र आम्दानी कति गर्न सक्छौं भनेर अनुमान मात्र गर्ने हो,’ उनले भने।
बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा दुई खर्ब बढी बजेट खर्च कम हुने संशोधित अनुमान गरेको थियो।
सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेकोमा अर्धवार्षिक समीक्षामा १५ खर्ब ३० अर्ब रुपैयाँको बजेट खर्च हुने संशोधित अनुमान गरेको छ।
त्यस्तै बजेटको क्रममा १४ खर्ब २२ अर्बको राजस्व संकलन हुने अनुमान गरिएकोमा अर्धवार्षिक समीक्षापछि १२ खर्ब तीन अर्ब रुपैयाँ राजस्व उठ्ने आकलन गरिएको छ।
हालसम्म उठेको राजस्वको आधारमा उठ्न सक्ने राजस्व र खर्च हुन सक्ने बजेटको आकलन मात्रै गरिएको उनले बताए।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend