Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युवती हत्यामा संलग्न भएको आरोपमा एक पक्राउ


    बिहिबार, कार्तिक २० २०७७
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सोलुखुम्बु । साेलुखुम्बुकाे सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय होमबहादुर राई छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो। 

    होमबहादुरकी श्रीमती सोमा र छिमेकी २६ वर्षीय नन्दराज राईबीच अवैध सम्बन्ध रहेको बताइन्छ। सोही ठाउँ बस्ने कुमार राईको घरमा एक दिन नन्दराज र होमबहादुरको भेट भएको थियो । श्रीमतीको विषयमा विवाद हुँदा होमबहादुरले सोमालाई खुकुरी प्रहार गरेकाे र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

    पक्राउ परेका होमबहादुरमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार