काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका भारतीय स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरावणे सगरमाथाको दृश्य अवलोकन गर्न सोलुखुम्बु जाने भएका छन् ।
बुधबार काठमाडौं आएका नरावणे शुक्रबार बिहान सोलुखुम्बु जाने भएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले नरावणे मौसम अनुकूल भएको अवस्थामा सोलुखुम्बु जान सक्ने जानकारी दिए । उनले औपचारिक कार्यक्रम तय नभएकाले जाने/नजाने टुंगो नभएको बताए ।
उनले सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको होटल एभरेष्ट भ्यूबाट सगरमाथाको दृश्य अवलोकन गर्नेछन् ।