Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई लाखसहित समातिए सात जुवाडे


    बिहिबार, कार्तिक २० २०७७
    720
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तनहुँ। तनहुँ प्रहरीले जुवा खेलिरहेकै अवस्थामा करिब दुई लाख तथा सात जना जुवाडे पक्राउ गरेको छ । 

    जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित सापकोटा होटलबाट मङ्गलबार साँझ ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

    जुवाडेको साथबाट एक लाख ९७ हजार ९ सय ५० समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । 

    जुवा खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा  खटिई गएको टोलीले जुवा खेल्ने र खेलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उपरीक्षक पौडेलले जानकारी दिए । 

    शुक्लागण्डकी नगरपालिका–११ बस्ने दीपक श्रेष्ठ, दीपक विक, शङ्कर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० बस्ने मोतीकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    यसैगरी बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४ बस्ने टेक छन्त्याल र  पर्वत जिल्लाको  बालकोट– ४ बस्ने रवि गुरुङलाई नियन्त्रणमा लिइएको उनले बताए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार