Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशतर्फ


    बिहिबार, कार्तिक २० २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान गरेको छ। 

    २५ खेलाडी र अफिसियलसहित ३४ सदस्यीय नेपाली टोली आज बिहान बंगलादेश प्रस्थान गरेको हो।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई बुधबार नै बिदाई गरेको थियो।

    ढाका जाने टिममा ८ नयाँ खेलाडी रहेका छन्। टिमका महत्वपूर्ण केही सदस्य भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन्। यस्तै चोटका कारण नियमित सदस्य रोहित चन्द समेत ढाका गएका छैनन्।

    नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।  फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यस अघि नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार