काठमाडौँ। उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक गोविन्द पन्थी लाई (KIN INDIA) ले इन्टरनेशनल इन्भेस्टिगेसन अवार्ड प्रदान गरेको छ । उक्त संस्था मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो। डीएसपी पन्थी मानव बेचबिखन अनुसंधान ब्यूरो बाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएर आएका थिए।
सन २०२३ मा मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट भएको भन्दै उनलाई (KIN INDIA) ले छनोट गरेको थियो। उक्त अवार्ड लिन संस्था ले उनलाई भारत को दिल्ली स्थित नेपाली राजतुताबास मा आयोजनामा गरिएको कार्यक्रममा आमन्त्रण गरेकोमा उनी जान असमर्थ भएकोमा संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्र राज भट्टराई सहित को टोलिले उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौर को उपस्तिथिमा आज उक्त अवार्ड डीएसपी पन्थीलाई हस्तान्तरण गरेको हो।
डीएसपी पन्थी अहिले उक्त कार्यालय को पिलर आठ वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाहीको जिम्मेवारीमा छन। उनले उक्त पिलरबाट विदेश पठाउने भनी ठगी गरेका कन्सल्टेन्सी, म्यानपावर , दलाल र ट्राभल एजेन्सीहरुलाई निर्मम रुपमा कारबाही गर्दै आएका छन र उनी पिडित को भरोसा का केन्द्र बन्दै आएका छ्न।
पछिल्लो समय भिजिट भिसाको प्रयोग गरी मानव तस्करी मा सङ्लग्न गिरोहको पहिचान गरी कारबाही गर्ने कार्यमा एसएसपी सोमेन्द्र सिंह राठौर को निर्देशनमा उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। जस्को कारण भिजिट भिसा मार्फत सङगठित रूपमा मानव तस्करी मा सङ्लग्न भएकोमा अध्यागमन अधिकृत सहित ट्राभल सञ्चालक र दलाल गरी आठजना पुर्पक्षका लागि थुनामा छ्न भने ३० जना धरौटीमा छुटेका छ्न।


काठमाडौँ । इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिकाका तीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...
काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend