Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ८५ हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारीमा सरकार


    बिहिबार, फाल्गुन ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल सरकारले ८५ हजार रासायनिक मल ल्याउने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ६० हजार युरिया र २५ हजार डीएपी मल ल्याउन लागिएको हो ।

    ३० हजार मेट्रिक टन युरिया मल विशाखापटनमबाट नेपाल आयात हुने क्रममा रहेको मन्त्रालयले जनाएको छ । यस्तै, मन्त्रालयका अनुसार थप ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी सिपमेन्ट हुने क्रममा रहेको छ ।

    रासायनिक मल करिब साढे ७२ हजार मेट्रिक टन मल मौज्दात छ । मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकका अनुसार ७२ हजार ४५८ मेट्रिक टन रासायनिक मल मौज्दात भएको हो ।

    यसमध्ये युरिया ४० हजार ७६७ मेट्रिक टन, डीएपी २६ हजार ८५४ मेट्रिक टन र पोटास ४ हजार ८३६ मेट्रिक टन रहेको मन्त्रालयको तथ्यांकमा छ ।

    यस्तै, मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिडेटसँग ३२ हजार ५७९ मेट्रिक टन मौज्दात छ । साल्ट ट्रेडिङ कम्पनी लिमिडेटसँग ३९ हजार ८७९ मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार