Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी, वाइडेन जितको नजिक, ट्रम्प अदालत जाने


    बिहिबार, कार्तिक २० २०७७
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी छ । मतगणना जारी रहँदा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितप्रति आश्वस्त देखिएका छन् । उनले आफ्नो जितप्रति विश्वस्त रहेको प्रतिक्रिया दिएको विभिन्न न्यूज एजेन्सीहरुले जनाएका छन् । जो वाइडनको विजय हुने संकेत मतगणनाले देखाएपछि राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । र, अदालत जाने प्रतिक्रिया दिएका छन् । 
    बीबीसी न्यूजका अनुसार ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ र जितका लागि निकै महत्त्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ ।

    बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन् ।

    महत्त्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् ।
    मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सङ्क्षिप्त कुराकानीमा उनले भने–‘जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ ।’

    नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए ।

    उनले आफू सबै अमेरिकीको राष्ट्रपति हुने प्रतिबद्धता जनाए । चुनावी प्रचार अभियानमा बेला पनि उनी त्यसो भन्ने गर्थे ।
    ‘हामी जितेमा राता र नीला राज्यहरू हुनेछैनन्, मात्र संयुक्त राज्य अमेरिका हुनेछ’ उनले थपे ।

    राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली भएको आरोप लगाएका छन् र सर्वोेच्च अदालतमा कानुनी चुनौती दिने बताएका छन् ।
    तर बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति ‘अपमानजनक’ भएको भन्दै मतगणना नरोकिने जनाएको छ ।

    ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ ।

    मतगणनाको पूर्ण नतिजा नआउँदै र ट्रम्पले त्यहाँ जित्ने कुनै प्रक्षेपण नहुँदै उक्त समूहले पेन्सल्भेनियामा राष्ट्रपतिले जितेको घोषणा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार