Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालीगण्डकी करिडोरमा खटिएका कामदार पहिराेमा पुरिए


    बुधबार, कार्तिक १९ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपुर । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदूर पहिरामा पुरिएका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ३ स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदू  पुरिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले आज साँझ करीब ५ बजे सो खण्डमा कार्यरत मजदूर ग्याबिनमा ढुङ्गा भर्दै गर्दा माथिबाट खसेको सुख्खा पहिराले पुरिएको जानकारी दिनुभयो । पहिरामा कति जना पुरिएका छन् भन्ने यकिन नभएको उहाँको भनाइ छ। पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । 

    पहिरामा पाँच जना पुरिएको आशंका गरिएको छ । अहिले पहिरो पन्छाएर खोजी  जारी रहेकाले यति नै पुरिएका छन् भन्ने यकिन नभएको बताइएको छ । अहिले सो  स्थानमा प्रहरी कार्यालय बुलिङटारको प्रहरी टोली उद्धारमा खटिएको उहाँले बताउनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार