काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज धार्मिक सहिष्णुता र विविधताभित्र एकताको सन्देश दिनपाँचथर आएको बताएका छन्। पाँचथर बहुमुखी क्याम्पसले आयोजना गरेको बहुधार्मिक आध्यात्मिक मोहोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पौडेलले अनेकताभित्रको एकता नै नेपालीको मख्य पहिचान भएको उल्लेख गरे।
आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वास त्यागेर, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र राष्ट्र सबल हुने पौडेलको तर्क थियो। पौडेलले पाँचथरलाई किराँतहरूका महागुरु फाल्गुनन्दको तपोभूमी एवं वैदिक दर्शनका ज्ञाता स्वामी प्रपन्नाचार्यको भूमिको रूपमा स्मरण गरे।
सम्बोधको क्रममा उनले लोकतन्त्रका लागि जीवन समर्पण गरेका भूविक्रम नेम्बाङ, कृष्णविक्रम नेम्बाङ, पूर्णकुमार शेर्मा, देवान दोर्जे थिङ, प्रेमराज आङ्देम्बे, मचिन्द्र केरुङ, ऐनसिंह राई, कालिदाश श्रेष्ठ, तेजप्रकाश रिजाललागायतलाई स्मरण गरे। पौडेलले क्याम्पसको स्थापनामा योगदान गर्ने पूर्वमन्त्री पद्मसुन्दर लावतीलाई समेत स्मरण गरेका थिए।
‘हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो। यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिन्छ,’ उनले भने ‘हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदिप्तछ छौं।’
‘वेद हामी सबैको हो। मुन्धुम हामी सबैको हो। त्रिपिटक हामी सबैको हो,’ पौडेलले भने ‘हामी अनेक जात, संस्कृति, सम्प्रदायमा छौं। ती सबैको एकता, समभाव र सहअस्तित्वनै हाम्रो मुख्य परिचय हो। हामी सबै छौं, त्यसैले सप्तरंगी छौं, बगैँचाजस्तो।’
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend