Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वसन्त श्रवण (तस्बिरहरू)


    बुधबार, फाल्गुन २ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा आज वसन्त श्रवण गरेका छन्। राष्ट्रपति पौडेलले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गरेका हुन्। यस दिन हनुमानढोकाको नवसाल चोकमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने प्रचलन रहिआएको छ।

    सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ , गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी थिए। वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ।

    वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार