Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौँ लैजाँदै गरेको पटका बरामद


    बुधबार, कार्तिक १९ २०७७
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुली । काठमाडौँ लैजाँदै गरेको पटका सिन्धुली प्रहरीले बरामद गरेकाे छ। प्रहरी चौकी ढुङ्ग्रेबास हिरापानी चेक प्वाइन्टले अवैध रुपमा काठमाडौँ लैजाँदै गरेको पटका  बुधबार बरामद गरेको हाे ।

    सप्तरीको राजविराजबाट काठमाडौँ जाँदै गरेको बा ४ ख ५०६२ नम्बरको हायस गाडीबाट प्रहरीले पटका बरामद गरेको हो ।

    कमलामाई नगरपालिका–४ को हिरापानी चेक प्वाइन्ट इन्चार्ज प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीका अनुसार १४ बन्डल विभिन्न ब्रान्डका पटका, गमला २० बट्टा, भुइचक्कर ५७ प्याकेट, झिरझिरे १५० प्याकेट, हाइड्रो चकलेट बम २० प्याकेट, आतिसबाजी फाइनल दुई प्याकेट बरामद भएको छ ।

    छतमा झोलामा राखिएको पटका कसैले दाबी नगरेपछि बरामद गरि जनप्रतिनिधिको रोहबरमा जिल्ला प्रहरी कार्यालयमा लगेर नष्ट गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार