काठमाडौं । पाल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या १० पुगेको छ । तिनाउ गाउँपालिका-६ शिखरडाँडामा मंगलबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको हाे।
प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ । उक्त जिप दुर्घटनामा परी ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने १५ जना घाइतेको उपचार भइरहेको छ ।
मृत्यु हुनेहरुमा तिनाउ गाउँपालिका वडा नं ६ बस्ने वर्ष ६० कि यम कुमारी पन्थ, वर्ष ३९ को रामबहादुर अस्लामी, वर्ष ६७ को कृष्णबहादुर अस्लामी, वर्ष २८ की उर्मिला अस्लामी छन् ।
त्यसैगरी मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १४ तामनगर बस्ने वर्ष ७० को चन्द्र बहादुर रणपाल र वर्ष ६० कि तुना रणपाल छन् ।
त्यसैगरी पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं १ बस्ने बर्ष ६१ कि दिलकुमारी सुनार, वर्ष ६६ की बिष्णुकला कामी, तिनाउ वडा नं ६ बस्ने बर्ष २० कि गिता सुनारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend