Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भिमाद जिप दुर्घटना अपडेट: घाइते दुई जनाको मृत्यु


    बुधबार, पुष २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज बिहान पोखराबाट रामपुर जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा घाइते भएकामध्ये २ जनाको मृत्यु भएको छ ।

    तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा उक्त जिप पल्टिएको थियो ।

    उक्त दुर्घटना हुँदा घाइते दुई जना मृत्यु भएको प्रहरी स्रोतले बतायो । उनीहरूको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। मृतक दुबैको पहिचान खुल्न बाँकी छ।

    ग१ज ६३५६ नंको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। जिपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो।

    थप उपचारका लागि तीनजनालाई पोखरा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार