Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु


    आइतबार, कार्तिक २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    उक्त दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

    मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

    बुलिङटारबाट कावासोतीका लागि हिंडेको नु२ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका-९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।

    उक्त जिपमा ७ जना सवार थिए । मृतकको सनाखत भइनसकेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार