काठमाडौं। नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुन गइरहेको महासमिति बैठक स्थलको निरीक्षण गरेका छन् । ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म कांग्रेसको महासमिति बैठक हुँदैछ ।
बैठक स्थलको निरीक्षण गर्दै उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले अहिलेसम्मको तयारी राम्रो भएको भन्दै आवश्यक थप तयारी जिम्मेवारी अनुसार व्यवस्थित तरिकाले सम्पन्न गर्न आग्रह गरे ।
महासमिति बैठकका लागि गठन गरिएका समितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम समयमा सम्पन्न गर्न पनि खड्काले आग्रह गरेका छन् । तयारीका लागि केन्द्रीय समिति वा केन्द्रीय तहबाट गर्नुपर्ने सबै सहयोग र समन्वय गरिने भन्दै सबै तयारी समयमा सक्न उनको आग्रह थियो ।
स्थलगत निरीक्षणका क्रममा महासमिति बैठक तयारीका लागि गठित विभिन्न समितिका प्रमुखहरूले आ–आफ्नो जिम्मेवारीमा रहेका कामको अवस्थाबारे जानकारी पदाधिकारीहरूलाई गराएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend