Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काभ्रेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु


    मंगलबार, फाल्गुन १ २०८०
    795
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। काभ्रेको पाँचखाल नगरपालिका-८ स्थित पचास किलोमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा एक जना घाइते भएका छन्।

    मंगलबार दिउँसो पौने ४ बजेतिर दोलालघाटबाट जिरो किलोतर्फ आउँदै गरेको बा.प्र. ०२-०३४ प. ३३२१ मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आएको बा.३ ख. ७२०४ नं. को मिनीट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-७ का २८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा धुलिखेल अस्पतालले अपराह्न सवा ४८ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। उनका अनुसार मोटरसाइकलमा पछाडि सवार सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका-७ का २८ वर्षीय राजन दंगाल घाइते भएको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

    दुबै सवारी साधन र मिनीट्रक चालक काभ्रे भुम्लु गाउँपालिका-४ का २४ वर्षीय पूर्णबहादुर पहरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार