Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ३०९ कोरोना संक्रमित थपिए


    बुधबार, कार्तिक १९ २०७७
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा आज थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

    यस्तै बितेको २४ घण्टामा ३ हजार ८४४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३४ पुगेको छ।

    हिजो मंगलबार ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार