Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीर अस्पताल इमर्जेन्सी विभागका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा


    बुधबार, कार्तिक १९ २०७७
    4.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

    कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

    अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’ धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको पनि चिकित्सकहरुले पत्रमा उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार