Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोकसेवाले रोक्यो सहसचिव र उपसचिवको दर्खास्त


    बुधबार, कार्तिक १९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकसेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ ।

    सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै लोकसेवा आयोगले असोज १८ गते खुलाइएका सबै विज्ञापनको दर्खास्त लिने काम रोकेको हो ।

    लोकसेवा आयोगले बुधबार सूचना जारी गर्दै अब अर्को सूचना जारी नहुँदासम्म उक्त पदहरुका लागि दरखास्त नलिइने जानकारी दिएको छ ।

    आयोगले असोज १८ गते ११ औं र ९‍‍औं तहका लागि विभिन्न ३ वटा विज्ञापन खुला गरेको थियो ।

    राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (प्राविधिक/अप्राविधिक) र स्वास्थ्य सेवाका ११औं र ९औं तहका पदको कार्यक्षमता, ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवा, स्वास्थ्य सेवातर्फकै ११औं र ९औं तहका प्राविधिक र अप्राविधिक पदको आन्तरिक र खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार