Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोकिला मिडियालाई १० हजार जरिबाना


    सोमबार, माघ २९ २०८०
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कोकिला मिडिया अनामनगरलाई १० हजार जरिबाना गर्ने विज्ञापन बोर्डले निर्णय गरेको छ । बोर्डले आज विज्ञप्ति जारी गर्दै तोकिए भन्दा बढी सेवा शुल्क लिएको ठहर गर्दै विज्ञापन बोर्डले दश हजार रुपैयाँ जरिवाना र विज्ञापन कारोबार रोक्का गरेको हो ।

    बोर्डले नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग एजेन्सीले असोज १२ गते गरेको सम्झौता विपरीत अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले जरिवानाका साथै २०८१ असार मसान्तसम्म विज्ञापन कारोबार रोक्का राख्ने उल्लेख जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार