Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी हत्याको अभियोगमा थप एकजना पक्राउ


    बुधबार, कार्तिक १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरी हत्याको अभियोगमा  कैलालीका एक जना व्यापारी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको जुगेडामा प्रहरी असई र जवानको तस्करहरूले हत्या गरेको घटनामा जोडिएपछि व्यापारी राजीव गुप्ता पक्राउ परेका हुन्।

    प्रहरीले जुगेडा चौकीका इन्चार्ज रहेका असई गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या भएको त्यसरात तस्करी भएको मटर गुप्ताको भएको भन्दै मंगलबार पक्राउ गरेको हो।

    कात्तिक २ गते असई विकको शव मोहना नदीमा हत्या गरी फालेको अवस्थामा फेला परेको थियो भने प्रहरी जवान साउदको शव ४ गते सोही नदीमा गाडेको अवस्थामा भेटिएको थियो।

    घटनामा संलग्नता देखिएका ९ जनालाई प्रकाउ गरेर उनीहरूविरूद्ध मुद्दा दायर गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का पर्कु भन्ने वर्ष ३१ को रोहित राना, वर्ष २० का राजेन्द्र राना, वर्ष ३० का चोर भन्ने सुरेश राना, वर्ष २५ का गब्बर भन्ने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, वर्ष २९ का टल्लु भन्ने दलराम राना, वर्ष २५ का राम गोपाल राना र अर्का रोहित राना छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार