Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ खर्ब बढीले घटायो सरकारले बजेटको आकार


    सोमबार, माघ २९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सरकारले चालू आर्थिक वर्षको बजेटको आकार २ खर्ब बढीले घटाएको छ।

    सरकारले अर्धवार्षिक समीक्षा गर्दै आज (सोमबार) बजेटको आकार संशोधन गरेको हो।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आवका लागि कुल बजेट १७ खर्ब ५१ अर्ब १७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेका थिए। जसमा योसँगै अब कुल बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँको हुने भएको छ।

    आम्दानीको स्रोत घटेको र खर्च गर्न समेत नसकेकाले लक्ष्य घटाइएको मन्त्री महतले बताए।

    चालू आर्थिक वर्षमा विनियोजित लक्ष्य बजेटको ८७ प्रतिशत खर्च हुने भएको हो।

    योसँगै चालूतर्फ ८८.८४ प्रतिशत, पूँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अर्थमन्त्री महतको संशोधित लक्ष्य छ।

    चालू आर्थिक वर्षमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्बको स्रोत व्यवस्थापन हुने अर्थमन्त्री महतले उल्लेख गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार