काठमाडौँ। सरकारले चालू आर्थिक वर्षको बजेटको आकार २ खर्ब बढीले घटाएको छ।
सरकारले अर्धवार्षिक समीक्षा गर्दै आज (सोमबार) बजेटको आकार संशोधन गरेको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आवका लागि कुल बजेट १७ खर्ब ५१ अर्ब १७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेका थिए। जसमा योसँगै अब कुल बजेटको आकार १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँको हुने भएको छ।
आम्दानीको स्रोत घटेको र खर्च गर्न समेत नसकेकाले लक्ष्य घटाइएको मन्त्री महतले बताए।
चालू आर्थिक वर्षमा विनियोजित लक्ष्य बजेटको ८७ प्रतिशत खर्च हुने भएको हो।
योसँगै चालूतर्फ ८८.८४ प्रतिशत, पूँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अर्थमन्त्री महतको संशोधित लक्ष्य छ।
चालू आर्थिक वर्षमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्बको स्रोत व्यवस्थापन हुने अर्थमन्त्री महतले उल्लेख गरेका छन्।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend