Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय सेनाध्यक्ष नरावणे नेपाल आउँदा जनतालाई सास्ती (भिडियोसहित)


    बुधबार, कार्तिक १९ २०७७
    545
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । तर उनको स्वागत र सुरक्षाको नाममा सुरक्षाकर्मीले विमानस्थलमा जनतालाई चरम सास्ती दिएका छन् ।

    नरावणे चढेको कल साइन आईएफसी३३ भएको भारतीय वायुसेनाको जहाजबाट ११:२३ मा काठमाडौं ल्याण्ड भएको हो । तर उनको सुरक्षाको बहानामा उनी आउनुभन्दा एकघण्टा अगाडिदेखि नै सुरक्षाकर्मीले विमानस्थल बन्द गरेका थिए। 

    विमानस्थलमा नियमित उडानका लागि आएका यात्रु एयरपोर्ट बाहिरै रोकिए भने आन्तरिक उडानबाट काठमाडौं उत्रेका यात्रुलाई बाहिर जान समेत दिइएको थिएन । 

    यही बीचमा एयरपोर्टमा एउटा पीडादायी अवस्था देखिएको थियो। एक २८-३० वर्षकी महिलाको स्वास्थ्य अवस्था खराब भइ बेहोस हुने अवस्थामा पुगेकी थिइन् । उठ्न पनि नसकेकी ती महिला भुइँमै बसेकी थिइन् । उनलाई अस्पताल लैजान उनीसँग आएका आफन्तले चाहेका थिए । तर सुरक्षाकर्मीले माथिको आदेश भन्दै बाटो रोकिरहे । 

    त्यहाँ उपस्थित अन्य जनमानसले भारतीय सेनाध्यक्ष आएपनि ती महिलालाई जान दिन निरन्तर माग गरे । तर सुरक्षाकर्मीले भने टेरेनन्। एयरपोर्टमै रहेकी एक स्वास्थ्यकर्मीले उनको प्राथमिक उपचारको प्रयास भने गरिन्।

    त्यहाँ उपस्थित जनमानसलाई बाटो रोकेर राखिँदा करिब ५० जनाको संख्यामा सामाजिक दूरी कायम नगरी बस्नुपर्ने अवस्था पनि रहेको थियो । कोरोना संक्रमणको जोखिमको यो अवस्थामा स्वास्थय मापदण्ड विपरित सबैजना एकैठाउँमा बसिएको थियो। तर सुरक्षाकर्मीको ध्यान भने बाटो बन्द गर्नुमा रहेको भन्दै त्यहाँ उपस्थितहरु आक्रोशित भैरहेका थिए ।  

    नेपाल विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका नरावणेलाई सुरक्षा थ्रेट रहेको सुरक्षाकर्मीले विश्लेषण गरेको प्रहरी स्रोतको दावी छ । सोहीकारण सुरक्षा व्यवस्था अत्यन्त्यै कडा पारिएको बताइन्छ । 

    पहिलोपटक होइन जनतालाई सास्ती

    सुरक्षा निकायले नरावणेको सुरक्षामा थ्रेट रहेको बताएपनि यसअघि पनि भीआईपी आउँदा सर्वसाधारणलाई सास्ती दिइने गरिएको थियो । नेपालकै प्रधानमन्त्री र राष्ट्रपतिले विमानस्थल प्रयोग गर्दा समेत जनमानसलाई दु:ख दिइने गरेको गुनासो भएपनि यो क्रम भने रोकिएको छैन।

    विमानस्थलमा राडार सिस्टम भएकाले सुरक्षाको नाममा जनतालाई सास्ती दिनुनपर्ने विमानस्थलकै कर्मचारी बताउँछन् । 

    सेनाध्यक्ष आउने जहाज कति बजे ल्याण्ड हुने विमानस्थलको एटीसीलाई सहजै थाहा हुने भएकाले एक घण्टा अगाडि देखि विमानस्थल सिल गर्नुलाई ती कर्मचारी गलत कदम समेत भनेका छन् । 

    भिडियोमा हेर्नुस्

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार