Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट १७ जना पक्राउ


    सोमबार, माघ २९ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा तास खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ दुई स्थानबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    शंखरापुर नगरपालिका–७, साँखुस्थित बज्रयोगिनी वर्कसप एन्ड रिकन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । शंखरापुर–१, नाङलेभारेका ३७ वर्षीय प्रकाश लामिछानेसहित नौजना पक्राउ परेका हुन् ।

    लामिछानेको उक्त वर्कसपबाट नगद दुई लाख ६०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    यस्तै, चन्द्रागिरि नगरपालिका–८, कञ्चन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । सोही ठाउँका ७५ वर्षीय केपी गुरुङसहित आठजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    नगद ३४ हजार ८३० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार