Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमासो दलियो


    सोमबार, माघ २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार गरेका छन् ।

    क्रान्तिकारी कम्युनिष्ट पार्टीको युवा संगठनका कार्यकर्ताहरुले सोमबार कार्यालय परिसरमै महानिर्देशक रिजाललाई दुर्व्यवहार गरेका हुन् ।

    नयाँबानेश्वर प्रहरीका अनुसार महानिर्देशक रिजालमाथि नीलो मसी प्रहार भएको थियो । उनीहरुले महानिर्देशकविरुद्ध नाराबाजी गर्दै भागेका थिए ।

    नयाँबानेश्वर प्रहरीका डिएसपी शिवराज बुढाथोकीका अनुसार दुई जना युवा महानिर्देशक रिजाल पुग्नुभन्दा अगाडि नै कार्यालय परिसरभित्र पुगेका थिए । महानिर्देशक रिजाल गाडीबाट ओर्लिनासाथ उनीहरुले मसी प्रहार गरेका थिए । मसीका केही छिटा उनको कपडामा लागेको थियो ।

    त्यस्तै क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्टले नक्कली लाइसेन्स प्रकरणमा भएको घोटालालाई रोक्न आफूहरुले भनेको तर बेवास्ता गरेकाले सांकेतिक रुपमा विरोध जनाएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार