काठमाडौं । भारतीय सेनाध्यक्ष नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ।
युट्युब च्यानलमा अन्तर्वार्ता दिएर चर्चा आउने गौतमलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ती उनले दिएका थिए। वृत्तले अन्य कुरा नखुलाएपनि गौतम पक्राउ गरिएको भने जानकारी दियो।
सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरावणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।