Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अमेरिकी राष्ट्रपति चुनावको प्रारम्भिक नतिजामा बाइडेन अगाडि


    बुधबार, कार्तिक १९ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको अहिलेसम्मको नतिजामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन अगाडि रहेका छन्। अहिलेसम्म कुल ४८.६ प्रतिशत मत गणना भइसक्दा बाइडेनले ४९.७ प्रतिशत मत प्रतिशत मत प्राप्त गरेका छन् भने डोनाल्ड ट्रम्पले ४८.६ प्रतिशत मत प्राप्त गरेका छन्।

    कुल ५३८ इलेक्टोरल कलेजमध्ये बाइडेनले २२३ इलेक्टोरल मत प्राप्त गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प १४८ इलेक्टोरल मत प्राप्त गरेका छन्।

    सबैभन्दा धरै ३८ इलेक्ट्रोल कलेज टेक्सासमा छ। यहाँ जित हासिल गर्नुको अर्थ लगभग चुनाव जित्नु जस्तै मानिन्छ। यहाँ सन् १९७६ देखि डेमोक्रेटिकले जितेका छैनन्। जसले धेरै मत ल्यायो, उसैले यी सबै इलेक्ट्रोरल कलेज प्राप्त गर्नेछ। ७८ प्रतिशत मत गणना हुँदा ५२ प्रतिशत ट्रम्पले पाएका छन् भने ४६.६ प्रतिशत बाइडेनको छ।

    त्यस्तै दुबै पक्षबीच कडा टक्कर भएको भनिएको फ्लोरिडामा भने ५२ प्रतिशत मत गणना हुँदा ६९.४ प्रतिशत मत बाइडेन र २८.८ प्रतिशत ट्रम्पले पाएका छन्।

    बाइडेनले डेनभर, मेरिल्याण्ड, म्यासाचुसेट्स, न्युजर्सी र डिस्ट्रिक्ट अफ कोलम्बियामा अगाडि देखिएका छन्। 

    वर्तमान  राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने वेस्ट भर्जिनिया, ओक्लाहामा, टेनेसी, इण्डियाना र केन्टुकी राज्यमा जित्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार