Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परे विवादित भारतीय पत्रकार


    बुधबार, कार्तिक १९ २०७७
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विवादित भारतीय पत्रकार अर्नब गोस्वामीलाई बुधबार राइगढ प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टिभीका प्रधानसम्पादक समेत रहेका गोस्वामीसहित सन् २०१८ मा आत्महत्याको दुरुत्साहनको मुद्दा दर्ता गरिएको थियो ।

    गोस्वामीमाथि ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । मुम्बई प्रहरीका अनुसार रिपब्लिक टिभीले पैसा नतिरेको भन्दै सन् २०१८ मा ती इन्टेरियर डिजाइनर र उनकी आमाले आत्महत्या गरेका थिए ।

    जी मिडियासँग कुराकानी गर्दै इन्सपेक्टर सचिन भाजेले अर्नबलाई आईपीसीको सेक्सन ३०६ र सेक्सन ३४ अन्तरगत पक्राउ गरिएको हो ।

    यता, अर्नब गोस्वामीले पक्राउ गर्ने क्रममा आफूलाई मुम्बई प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । बुधबार बिहान अर्नबलाई पक्राउ गर्न मुम्बई प्रहरीका एक दर्जन अधिकारी उनको निवास पुगेको थियो । 

    अर्नबलाई थप सोधपुछका लागि राइगढ लगिने बताइएको छ ।

    केही दिनअघि मुम्बई प्रहरीले टीआरपी घोटालाको मामिलामा रिपब्लिक टिभीका शीर्ष अधिकारीहरुमाथि अनुसन्धान सुरु गरेको थियो । अर्नब गोस्वामी र मुम्बई प्रहरीबीच सुशान्त सिंह राजपुतलगायत विभिन्न मुद्दामा विवाद देखिएको थियो ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार