काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी राणा निजी भ्रमणका लागि आइतबार चितवन प्रस्थान गरेका छन् । परिवारका अन्य सदस्यसहित चितवन गएका पूर्व राजा १६ दिन चितवनमा बस्ने कार्यक्रम तय भएको छ ।
उनी पटिहानीको सोल्टी होटलमा बस्ने भएका छन् । गत वर्ष पनि उनी पटिहानी आएर ८ दिन बसेका थिए । नितान्त निजी भ्रमण भनिएकालले भ्रमणको कुनै पनि कार्यक्रम सार्वजनिक गरिएको छैन ।
स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवनतर्फ लागेका हुन् ।
सोल्टी होटल स्रोतका अनुसार १६ दिनका लागि ३२ कोठाहरु बुक गरिएका छन् ।
त्यस्तै चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा शयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।
पछिल्लो समय तराइ–मधेसका विभिन्न जिल्लाको भ्रमण गरेर राजनीतिक अभिव्यक्ति दिन थालेका पूर्व राजा ज्ञानेन्द्रको यस भ्रमण पारिवारिक भनिए पनि नागरिक अभिनन्दन जस्ता विभिन्न अभियानहरुको पूर्व तयारी हुन सक्ने भएकाले अर्थपूर्ण मानिएको छ ।
यही बीचमा व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंमा राजसंस्था पुनर्स्थापनाको एजेन्डासहित अर्को चरणको आन्दोलन गर्दैछन् ।
उनले आफ्नो नेतृत्वको नागरिक बचाउ महाअभियानको वार्षिकोत्सव कार्यक्रममा पूर्वराजालाई निम्त्याउने प्रयास गरेका थिए । उनले सिमारा पुगेर पूर्वराजालाई भेटेका पनि थिए ।
शनिबार मात्रै आफ्नो कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मेडिकल व्यवसायी समेत रहेका प्रसाइले पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट दियो बालेर देशको उज्ज्यालो भविष्य खोज्ने अभियान सुरु हुने बताएका थिए ।
उनले भनेका थिए–‘फागुन १ गते देशभर र काठमाडौं उपत्यकावासिको उपस्थिती हुन्छ भन्ने आशा गरेको छु। सबै नेपालीहरुको उपस्थितीमा राजाको हातबाट दियो बालेर हामीले उज्ज्यालो भविष्य खोजौं। तस्करलाई देश जिम्मा लगाउदा दुख पायौं।’
पूर्वराजालाई पनि देशप्रति माया भएकाले आफ्नो कार्यक्रममा आउने दाबी गरेका उनले भनेका थिए‘मैले पहिला पनि निम्तो दिएको थिएँ उहाँ आउनुभयो। अहिले पनि मैले निम्तो दिएको छु। उहाँलाई नेपाली जनताको माया भए आउनुहुन्छ।
तर पूर्व राजा शाह भने आफू स्वयम् सडकमा आउँदा गलत सन्देश जान सक्ने भन्दै प्रसाइको आन्दोलन छल्दै चितवनतिर लागेको स्रोत बताउँछ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend