Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री श्रेष्ठलाई महामन्त्री विश्वप्रकाशको प्रश्न– रूसी सेनाबाट फर्कन चाहने नेपालीलाई राज्यले के गर्दै छ ?


    आइतबार, माघ २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउन सरकार चुकेको आरोप लगाएका छन् ।

    आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा रूसले नेपालीमाथि अमानवीय व्यवहार गरेको आरोप समेत उनले लगाएका हुन् ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित रहेको बैठकमा उनले भने, “मस्कोबाट फर्कंदै गरेका नेपाली युवालाई रूसी सेनाले पक्राउ गरेको छ । रूसी सेना छोडेको नेपालीलाई नेपाली दूतावासले पठाउँदा समेत पक्राउ गरेर युद्धमा लैजानु कति मानवीय हुन्छ ?

    रूसी सेनामा भर्ती भएका तर अहिले सोइच्छाले छोडेर फर्कन चाहनेलाई रूसले नेपाल फर्कन नदिएको उनले बताए ।

    “जसले छोडेर जान्छु, नेपाल फर्कन्छु भन्नु भएको छ । उहाँहरूका लागि राज्यले के गर्दैछ ? सहज हुँदा राज्य नभए पनि हुन्छ । तर, यस्तो अवस्थामा राज्यले उपस्थिति देखाओस्,” महामन्त्री शर्माले भने ।

    अवैध तरिकाले रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म १४ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी नेपाल सरकारले प्राप्त गरिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार