काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउन सरकार चुकेको आरोप लगाएका छन् ।
आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा रूसले नेपालीमाथि अमानवीय व्यवहार गरेको आरोप समेत उनले लगाएका हुन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित रहेको बैठकमा उनले भने, “मस्कोबाट फर्कंदै गरेका नेपाली युवालाई रूसी सेनाले पक्राउ गरेको छ । रूसी सेना छोडेको नेपालीलाई नेपाली दूतावासले पठाउँदा समेत पक्राउ गरेर युद्धमा लैजानु कति मानवीय हुन्छ ?
रूसी सेनामा भर्ती भएका तर अहिले सोइच्छाले छोडेर फर्कन चाहनेलाई रूसले नेपाल फर्कन नदिएको उनले बताए ।
“जसले छोडेर जान्छु, नेपाल फर्कन्छु भन्नु भएको छ । उहाँहरूका लागि राज्यले के गर्दैछ ? सहज हुँदा राज्य नभए पनि हुन्छ । तर, यस्तो अवस्थामा राज्यले उपस्थिति देखाओस्,” महामन्त्री शर्माले भने ।
अवैध तरिकाले रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म १४ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी नेपाल सरकारले प्राप्त गरिसकेको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend