काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बिआरआई)मा ऋण अस्वीकार्न नसकिने बताएका छन्।
सिरहाको लहानमा शनिबार कांग्रेस नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा उनले छिमेकी चीन, भारतसहित विश्वका जुनकसुकै देशको सहयोग स्वीकार गरिने तर मुलुकले ऋणको भार थेग्न नसक्ने भएकाले ऋणको रुपमा नलिइने बताए।
‘अब हामी धेरै ऋण बोक्न सक्दैनौं। श्रीलंकाले ऋणमा बनाएको हम्बनटोटा बन्दरगाहकै नियति भोग्नु पर्नेतर्फ सजग हुनुपर्छ,’ उनले भने, ‘ऋण सहयोगमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जरुरी थिएन। १२ मिनेट हवाई यात्राको दूरीमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइएकै थियो, बरु पोखराको अन्तर्राष्ट्रिय विमानस्थल मधेशमा बनाइनु पथ्र्यो।’
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयनमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । शर्मा बरिष्ठ उपसभापति र भूसाल...
काठमाडौँ। नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले उपसभापतिमा उम्मेदवारी दिएकी छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापतिमा उम्मेदवारी दिएकी हुन्। उनी यसअघि केन्द्रीय सदस्य थिइन्। गुरुङ कांग्रेसमा लामो...
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फेरि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनी १४ औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका थिए । त्यो बेला डा....
काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । अहिले धमाधम कांग्रेस महाधिवेशनको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ । यसैबीच शर्माले...
काठमाडौँ। नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेदवारी दिएका छन्। कांग्रेस महाधिवेशनअन्तर्गत मंगलबार खड्कीले सभापतिमा उम्मेदवारी दिएका हुन्। सभापतिमा गगन थापा प्रतिस्पर्धी छन्। थापाले उम्मेदवारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend