Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • एमालेप्रति विश्वप्रकाशको टिप्पणी : कांग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ


    मंगलबार, असोज २९ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यलय बनाउन लागेको विषयप्रति टिप्पणी गरेका छन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यले ठुला व्यवसायीलाई भूकम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन, गाउँमा विद्यालय र स्वास्थ्यचौकी निर्माण गर्न भन्न मिल्ने भन्दै टिप्पणी गरेका हुन् ।

    उनले भनेका छन्- प्रधानमन्त्रीज्यू,  राज्यले ठुला व्यवसायीलाई अपील गर्न मिल्छ-
    – भुकम्प प्रभावितलाई हजार घर बनाइदेउ ।
    – अनि बाढिले नबग्ने सय पुल ।
    – गाउँमा शैक्षिक संस्था र स्वास्थचौकी ।

    अझ ठुलो ‘दान’ लिनेदिने भए- देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देउ, यस्तो पनि त भन्न र गर्न मिल्छ ।

    उनले कांग्रेसले आफ्ना तत्कालिन चार लाख सदस्यको सहयोगमा पार्टी कार्यालय बनाएको उल्लेख गर्दै स्वदेश र विदेशमा रहेका सबै सदस्यले यसप्रति गर्व गर्ने बताए ।

    उनले भनेका छन्- स्वदेश र विदेशमा रहेका हरेक काँग्रेस सदस्य गर्व गर्छन्, हाम्रो केन्द्रीय कार्यालय ‘हामीले’ बनाएका हौं । हो, कयौं व्यवसायीको ससानो धन पनि यो निर्माणमा जोडिएको छ । तर  मुलत पार्टी सदस्यको ‘मन’ जोडिएको छ । यो बन्दै गर्दा उस बेलाका ४ लाख बढी कृयाशिल सदस्यताको रकम यसमा प्रयोग भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार