Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सप्तरी कारागारमा १९ वर्षिय युवा मृत भेटिए


    आइतबार, माघ २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजविराज कारागारमा एकजना युवा मृत भेटिएका छन् । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका १९ वर्षीय देवेन्द्र मण्डल मृत अवस्थामा फेला परेका हुन् ।

    कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मण्डललाई बिहान फेला पारेको राजविराज कारागार प्रशासनले जनाएको छ ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का मण्डल गत भदौ ११ गतेदेखि कारागारमा थिए ।

    १५ वर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा उनी कारागारमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार