Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • बलात्कार र हत्या प्रयास काण्डका आरोपी प्रहरी जवान पक्राउ


    मंगलबार, कार्तिक १८ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • डोटी । १५ वर्षीया किशोरीलाई बलात्कार गरी ज्यान मार्ने प्रयास गरेको आरोप लागेका प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन् ।

    फरार रहेका उनलाई मंगलबार बिहान २ बजेतिर कैलालीको सहजपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए । उनी गड्सेराबाट भागेर जंगलैजंगल सहजपुर पुगेको पाण्डेयले बताए । मंगलवारै सिंहको स्वास्थ्य परीक्षण र पीसीआर परीक्षण गरिएको बताउँदै प्रहरी उपरीक्षक पाण्डेयले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।

    अस्थायी प्रहरी पोष्टमै रहेका सिंह सोमबार दिउसो करिक १२ वजेतिर फरार भएका अस्थायी प्रहरी पोष्ट गडसेराका ईन्चार्ज प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भण्डारीले बताए । घटनामा हत्या प्रयास नभई बालिकाले आत्महत्या प्रयास गरेको ईन्चार्ज भण्डारीको दावी छ । 

    कात्तिक १३ गते राति बालिकाको कोठामै गएर बलात्कार गरी उनकै दुपट्टाले घाँटी कसेर हत्या गर्न खोजेको भन्दै डोटी जोरायल गाउँपालिका–५ को गडसेरा अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान सिंहबिरुद्ध सोमबार प्रहरीमा जाहेरी परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार