Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छानबिनमा गएका एसएसपी र डीआइजी लोभमा फसे, तस्करी पुनः सुचारु 


    मंगलबार, कार्तिक १८ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बर्दिया । बर्दियामा कार्यरत सशस्त्रका एसपी नरबहादुर राउत र उनका घुमुवाहरु मिलेर कोरोना महामारीको बेला भारतसँगको सीमानाका बन्द हुँदासमेत सशस्त्र प्रहरीका घुमुवाको मिलेमतोमा तस्करी गराई मासिक लाखौं रुपैयाँ असुलेको उजुरी सहितको पत्र करिब एक महिना पहिला हेडक्वाटरमा पुग्यो । उजुरी परेपछि सशस्त्र प्रहरी मुख्यालय पाँच नम्बर प्रदेशको बाहिनीले बर्दियामा दस बर्ष कार्यरत घुमुवाहरु रतन आचार्य र भूपेन्द्र खड्कालाई बाहिनीमा झिकाई एसएसपी श्याम कोइरालाको कमान्डमा छानबिन टोली बर्दिया पठाएको थियो। एसएसपी कोईरालाको सेवाअवधि यही माघ १ गते पूरा भई उनी अवकाशमा जाँदैछन् । अवकाशको मुखमा रहेका एसएसपी कोइरालालाई छानबिनमा पठाएपछि उनले मौकामा चौका हानेर  एसपी राउतलाई चोख्याउने गरी प्रतिवेदन दिएका छन् । 

    साथमा गएका एसपीलाई समेत थाहा नदिएर बर्दियाका एसएसपी राउतसँग गोप्य डिल गरी घटनाको सत्य तथ्य बाहिर ल्याउनुको साटो बाहिनीपतिलाई झुटो प्रतिबेदन बुझाए । एसएसपी कोइरालाले प्रतिवेदन बुझाएलगत्तै निरीक्षण भनेर बाहिनीपति किशोर प्रधान फेरि बर्दियामा पुगि युनिट भ्रमण गर्नुको साटो बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीमा सवार गराई सबै चाँजोपाँजो मिलाएर फिर्ता भए । एसएसपी कोइरालादेखि डीआइजी प्रधानसम्मलाई चित्त बुझाएर फिर्ता पठाएपछि एसपी नरबहादुर राउतले चाडबाडको मौका छोपेर खुलेआम तस्करी सुचारु गराएका छन् ।

    एसपी राउतका पुराना घुमुवाहरु पनि बाहिनीबाट फिर्ता हुने तयारीमा रहेको जानकारी नेपालफेसलाई प्राप्त हुन आएको छ । उनीहरुले आफू बाहिनीमा छानबिनमा तानिएको समयमा पनि तस्करलाई अब हामी आउँदैछौ भनेर आश्वस्त पार्ने र सहयोग नगर्नेहरुलाई तर्साउने गरिरहेको आरोप छ ।

     बर्दियाको फुटाह र राजापुर नाकाबाट ठूलो मात्रामा अहिले कपडा, हार्डवेयर, खसी तथा सिसौको काठ तस्करी व्यापक भैरहेको श्रोत  बताउँछ । उनीहरुबाट सशस्त्रका एसपी राउतले मासिक दररेट तोकेर बुझ्ने गरेको स्रोत बताउँछ । यसरी पटक पटक तस्करसँग मिलेर असुली गर्दै आएका सशस्त्रका घुमुवा हटाउन प्रधान कार्यालयले पनि कुनै चासो नदिनुले कतै सशस्त्रका माथिल्लो तहका अधिकारीहरुको समेत मिलेमतो भएको आशंका प्रकट हुन थालेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार