काठमाडौं । नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको बन्द सत्र स्थगित भएको छ। जिल्ला सदस्यदेखि पदाधिकारीसम्म सर्वसम्मतको प्रयास गरिए पनि सर्वसम्मत हुन नसकेपछि अबेर साँझ बन्दसत्र स्थगित गरिएको हो।
कुनै पनि पदमा सर्वसम्मत हुन नसकेपछि बन्दसत्र आजका लागि स्थगित गरिएको बताइएको छ। आज स्थगित भएको बन्दसत्र भोलि शनिबार बिहान ८ बजेबाट गरुडास्थित एएन प्लाजा होटलमा पुन सुरु हुने नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिए।
भोलि शनिबार सर्वसम्मतको प्रयास गरिने र नभएको खण्डमा निर्वाचनद्वारा नेतृत्व चयनको प्रयास गरिने केन्द्रीय सदस्य रेग्मीले बताए। शनिबार बिहान ८ बजेबाट पुन: बन्दसत्र सुरु हुने जनाइएको छ।
नेकपा एमाले रौतहटको अध्यक्षका आकांक्षी तीन जना रहेका छन्। अखिलेश्वर चौधरी, रुपेश कुमार पटेल र सचिदा नन्द शाह जिल्ला अध्यक्षका आकांक्षी हुन्। नेतृत्वले सर्वसम्मतको प्रयास गरे पनि रौतहटमा सर्वसम्मत लगभग नहुने देखिएको एक जना एमालेका नेताले बताएका छन्। शनिबार मतदानबाटै जिल्ला अध्यक्षलगायत पदाधिकारीहरूको चयन हुने बताइएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend